सुनका’ण्डमा दरबारमार्गका डीएसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं। साढे १४ चाँदी र आधा किलो सुन का’ण्डमा परेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई हटाइएको छ। दरबारमार्ग प्रहरी वृत्तको जिम्मेवारी डीएसपी रामेश्वर पौडेललाई दिइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले डीएसपी दाहाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरिएको जानकारी दिएका छन्।

मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ किलो चाँदी र आधाकिलो सुन काण्डमा डीएसपी दाहालले जिम्मेवारीअनुसारको काम नगरेको भन्दै आलोचना भएको थियो । सोही कारण उनलाई दरबारमार्गबाट हटाइएको छ।

बुधबार महानगरीय प्रहरी कार्यायल रानीपोखरीले डीएसपी दाहालमाथि छानविन गर्न एसएसपी सुशीलकुमार यादवको नेतृत्वमा अपराध महाशाखाका एसएसपी दीपक थापा, काठमाडौं परिसरका एसपी सोमेन्द्र सिंह राठौर, डीएसपीद्वय दुर्गा दाहाल र राजकुमार केसीसहित छानविन समिति गठन गरेको थियो। सोही समितिको छानविनका आधारमा डीएसपी दाहालको कमजोरी देखिएपछि उनलाई हटाइएको छ।