एसीबाट पनि कोरोना फैलिन सक्ने ख’तरा

काठमाडौं। वैज्ञानिकहरूले कोरोनाभाइरससँग सम्वन्धित नयाँ तथ्य तथा अनुसन्धानहरु गरिरहेका छन्। एयर कन्डिसन (एसी)बाट पनि कोरोनाभाइरस फैलिन्छ भन्ने सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन गरेका छन् । वैज्ञानिकहरुले एसीबाट पनि कोरोना फैलिन सक्ने ख’तरा रहेको बताएका छन्।

हारवर्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थका प्रोफेसर एडवर्ड नर्डनकाअनुसार कम तापक्रममा कोरोना भाइरस जीवित र सक्रिय रहनेछ । चिसो वातावरणमा कोरोनाभाइरस सक्रिय हुने भएकाले एसीबाट पनि संक्रमण फैलिन सक्ने वैज्ञानिकहरुको दावी छ । प्रोफेसर एडवर्डकाअनुसार जव बाहिरको तापक्रम बढी हुन्छ, एसीले कोठा भित्र रहेको हावालाई कोठा भित्रमात्र घुमाउँछ।

यदि यस्तो अवस्थामा कोठामा कोही व्यक्ति संक्रमित छ भने हावाको माध्यमबाट यसले कोठामा रहेको अरु व्यक्तिलाई समेत संक्रमण हुन सक्छ। अमेरिकाको संक्रामक रोग सोसाइटीमा प्रकाशित एक लेखकाअनुसार केही वैज्ञानिकहरूले आफ्नो प्राथमिक खोजमा एसीबाट पनि कोरोना संक्रमण हुने पत्ता लगाएका छन्।

यस्तो अवस्थामा वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगै मिलेर सम्पूर्ण विश्वमा विस्तृत अनुसन्धान गर्ने भएको छ। वैज्ञानिकहरूकोअनुसार एसी पनि कोरोना भाइरस फैलाउन एक जिम्मेवार माध्यम हो।