अभिनेता सोनु सुदले खेत जोत्ने दुई युवतीलाई दिए ट्र्याक्टर उपहार

काठमाडौं। पछिल्लो समय भारतीय अभिनेता सोनु सुदले गरेको सामाजिक कार्यको भारतभर चर्चा भइरहेको छ। सोनुले कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि लकडाउन भएको समयमा समस्यामा परेका भारतीय मजदुरहरुलाई घर फर्काउन र उनीहरुलाई खाना खुवाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

भारतमा समस्यामा परेका मानिसहरुले सोनुलाई सिधै फोन गर्थे र आफ्नो समस्या राख्थे। उनी समस्यामा परेका मानिसलाई भेट्न नै जान्थे, खाने र घर फर्कने व्यवस्था गरिदिन्थे। दुखको समयमा साथ पाएपछि मजदुरहरुले सोनु सुदलाई भगवान नै भनेका थिए। यसबीचमा सोनुले फेरि अर्को काम गरेका छन् जसले उनको चर्चा पुनः चुलिएको छ। हालै भारतमा एउटा भिडियो भाइरल बनेको थियो। उक्त भिडियोमा एक किसान परिवारले हलो जोतेर बिउ छरेको देखिएको छ।

उनीहरुसँग चौपाया नहुँदा दुई छोरीले चौपायाको भूमिका निर्वाह गरेको देखिएपछि सोनु सुदले ती दुई युवतीको नाममा उक्त परिवारलाई ट्र्याक्टर उपहार दिएका छन्। ट्र्याक्टर उपहार पाएपछि किसान परिवार निकै खुशी भएको बताइएको छ। नागेश्वर राव नाम गरेका किसान परिवारको किराना पसल थियो। तर लकडाउनले पसलको व्यापार ठप्प भएको बताइएको छ।

भिडियो हेर्नुहोस: