यी युवाको उदाहरणीय काम, आफ्नै खर्चमा सडक मर्मत !

काठमाडौं। कैलालीको बर्दगोरियाका एक युवाले उदाहरणीय काम गरेका छन । वडा नम्बर ३ का स्थानीय युवा मोहन भट्टराईले आफ्नै खर्चमा सडकमा भएका खाल्डाखुल्डी पुरेका छन।

पटक पटक मर्मत हुदा समेत समस्या समाधान नभएको तथा लोड बोकेका ट्रयाक्टर र टिप्परहरु हिडेर खराव भएको सडक मर्मतमा आफै जुटेको भट्टराई बताउछन ।मर्मतका लागि सरकारलाई कती भनिरहनु । उनले भने- केही जिम्मेवारी त आम नागरिकहरुको पनि त हो । सरकारले हामीलाई के दियो भन्नु भन्दापनि सरकारलाई मैले कती र कसरी सहयोग गरेको छु भन्ने कुरा मुख्य भएको उनको धारणा छ।

आईतबार उनले आफ्नै खर्चमा ट्रयाक्टर मार्फत बालुवा ढुवानी गर्नुका साथै आफु सहित कामदार परिचालन गरी सडकमा ग्राभेल फिजाउने काम समेत गरेका छन । सरकारको आलोचना गर्ने काममा मात्रै सिमित नभई आम नागरिक तथा युवाहरुले सरकारलाई दबाब सृजना गर्न रचनात्कम उपाय अवलम्बन गर्नु पर्ने उनको भनाई रहेको छ।