भारतसँगको सीमा नाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री राउतको निर्देशन

काठमाडौं। प्रादेशिक सरकारले कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सीमा नाकामा थप कडाइ गर्न निर्देशन दिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको संक्रमण नियन्त्रणका लागि भन्दै भारतसँगको सीमा नाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

आइतबार बसेको पीसीएमसीको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशभित्र लक्षणसहित कोरोना सं’क्रमित फेला परेको भन्दै थप सावधानी अपनाउनु पर्ने भएकाले सीमा नाकामा थप क’डाइ गर्नुपर्ने आवश्यकता औल्याएर सो निर्देशन दिएका हुन्।

सीमा नाकाबाट लुकिछिपी मानिसहरु नेपाल प्रवेश गरेको भन्दै मुख्यमन्त्री राउतले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका हुन्।

समुदायमा कोरोना देखिएपछि प्रदेश २ को वीरगञ्जमा शनिबारबाट निषेधाज्ञा जारी गरिएको छ। उक्त निर्देशन दिनु अघि बैठकमा मुख्यमन्त्री राउतले विज्ञहरुसँग सुझाव समेत लिएका थिए।