आरडिटी पोजेटिभ देखिएकी युवतीको मृ’त्यु

काठमाडौं। वीरगञ्जमा कोरोना संक्रमतको आशंका गरिएकी एक युवतीको मृ’त्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृ’त्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका हुन्।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो।

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आ’शंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको नि’धन भएको छ।

पखाला र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या रहे छ, डाक्टर सिंहले भने, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आईसकेको छैन।’