फेला पर्‍यो अनौठो दुर्लभ पहेंलो कछुवा

काठमाडौं। कछुवा हामि सबैले अवश्य देखोकै छौं होला । विश्वमा धेरै प्रजातीका कछुवाहरु पाइन्छ । यस्तै भारतमा अनौठो कछुवा फेला परेको छ। उडिसा राज्यको बाल्ससोर जिल्लाको सुजानपुर गाउँमा एक किसानले पहेंलो रंगको कछुवा फेला पारेका हुन्।

सुजानपुर गाउँका बाशुदेव महापात्राले पहेंलो रंगको कछुवा फेला पारेका हुन् । उनले उक्त पहेंलो रंगको कछुवा आइतबार फेला पारेका हुन्। उनले मंगलबार नै वन अधिकारीहरुलाई बुझाएको भारतिय मिडियाले जनाएका छन् । यस्तो पूरै पहेंलो रंगको कछुवा पहिलो पटक देखिएको बताइएको छ।

विज्ञहरुले यो कछुवा इन्डियन फ्लापसेल कछुवा प्रजातिको र दक्षिण एसियाका धेरै ठाउँमा पाइने बताएका छन् । यो कछुवालाई नेपालमा ढकनी नरम खबटे कछुवाले पनि चिनिन्छ।