को हुन् ‘भ्याक्सिन क्यारियर’ बोकेर जोखिम मोलेर बाढी तर्दै गरेका स्वास्थ्यकर्मी ?

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा दुई जना स्वास्थ्यकर्मी बाढी आएको खोला तरिरहेका देखिन्छन्।

खोलामा पानीको बहाव बढेको छ। उनीहरु खोला तर्ने कोशिस गरिरहेका छन्। महिला स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारियर बोकेकी छिन्। उनीहरु त्यो क्यारियर जोगाउँदै खोला तर्न लागेका छन्।

उक्त भिडियोले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ। कोरोनाको कहरमा मात्र होइन, हरेक वर्ष आउने प्राकृतिक विपद्मा पनि नेपाली स्वास्थ्यकर्मीले जोखिममै रहेका स्वास्थ्य सेवा दिइरहेको सो भिडियोले पुष्टि गरेको छ।

हरेक महिनाको पहिलो साता नियमित खोप कार्यक्रम सञ्चालन हुन्छ। भिडियोमा देखिएका स्वास्थ्यकर्मी सोही गाउँपालिका वडा नम्बर १ सुगुरखालमा नियमित खोप कार्यक्रम सम्पन्न गरी फर्किंदाको हो। भिडियो खिच्ने पनि स्वास्थ्यकर्मी नै हुन्। उनले आफ्ना सहकर्मीहरु तर्न लागेका समयमा भिडियो खिचेकी थिइन्। त्यो पनि टिकटकमा राख्नका लागि।

उक्त दिनको घटनाबारे हामीले ती स्वास्थ्यकर्मीसँग कुराकानी गरेका छौँ। हामीले फोन गर्दा अहेब चन्द्रकिरण थापा र अनमी लक्ष्मी गौतम बराहतालकै वडा नम्बर ५ पाग्मामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै थिए।

विस्तृतमा पढ्नुहोस