सडकमा अलपत्र परेका आमा र वच्चालाई सोनुले घर दिने

काठमाडौं। बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । फिल्ममा अभिनयका कारण चर्चामा आइरहने सोनु पछिल्लो समय समाजसेवाबाट चर्चामा आइरहेका छन् । केही समयअघि उनले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरेका थिए।

लकडाउनका कारण अलपत्र परेकाहरुलाई घरसम्म पुर्याउन सुहयोग पनि गरेका थिए । धेरैलाई सहयोग गरेर सबैको प्यारो बनेका सोनुले फेरि अर्को महान काम गरेका छन् । उनले सडकमा अलपत्र महिला र बच्चालाई घर दिने भएका छन्। भारतिय मिडियाका अनुसार घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलालाई उनले घर दिने भएका हुन्।

उनले दु’ख पाएकी उक्त महिलाको तस्बिर शेयर गर्दै ट्वीटमा लेखेका छन, ‘भोलि यो परिवारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरुर हुनेछ।’ सोनुको जवाफपछि धेरैले उनलाई धन्यवाद दिएका छन । सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले लेखेका छन, ‘सर पतिको मृ’त्युपछि यी महिला पटनामा बस्दै आएकी थिइन्। घरबेटीले कोठाबाट निकालिदिए। एक महिनादेखि सडकको किनारमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पिरहेका छन। तपाईले सहयोग गर्नुस्। सरकारसँग यिनको कुनै आशा छैन।’