शेरबहादुर मृ’त अवस्थामा फेला

काठमाडौं। कैलालीमा क्वारेन्टिनबाट भागेका एक व्यक्ति मृ’त भेटिएका छन् । मृ’त भेटिनेमा कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी रहेका छन् । उनी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनबाट भागेका थिए।

प्रहरीका अनुसार उनी गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको सूर्यदय सामुदायीक वनमा मृ’त अवस्थामा भेटिएको बताइएको छ। गएको साउन १ गते भारतबाट आएर गोलादेवी विद्यालय क्वारेन्टिनमा बस्दै आएका उनी आइतबार बिहानै क्वारेनटिनबाट भागेका थिए।

अहिले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।