प्रतिलिटर ९६ किमि माइलेज दिने मोटरसाईकल बजारमा, १२ हजार नगद छुटसंगै सस्तो मूल्य र सरल किस्तामा

काठमाडौं। नेपालमा सर्बाधिक बिक्रि हुने ब्राण्ड बजाजको सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल बजाज प्लाटिना विभिन्न अफार्का साथ बिक्रि भइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कोरोना लकडाउन पछि बिशेष छुट र किस्तामा यो मोटरसाइकल उपलब्ध गराएको छ।

कम्पनिले यो यो मोटरसाइकलको मूल्य १ लाख ६७ हजार ९०० रुपैयाँ निर्धारण गरे पनि नगद र ३० प्रतिशत डाउन पेमेन्ट गरेर किन्ने ग्राहकहरुलाई १२ हजार रुपैयाँ नगद छुट दिएको छ । यसरी छुटपछि ग्राहकले १ लाख ५५ हजार ९०० रुपैयाँको ३० प्रतिशत वापत ४६ हजार ७७० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने १ लाख ९ हजार १३० रुपैयाँ कर्जा लिनु पर्छ । उक्त कर्जा वापतको रकम २ वर्ष भित्रमा तिरिसक्नु पर्ने हुन्छ।

त्यसै गरि ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाकी रकम एक वर्षमा किस्ता तिर्नेगरि विना व्याजमा पनि किन्न सक्ने छन् । यसरी किन्ने ग्राहकले नगद छुट भने पाउने छैनन् । साथै, २० प्रतिशत डाउन पेमेन्टमा पनि यो मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ।

बजाज प्लाटिनाको बिशेषता

१०२ सीसी क्षमताको इन्जिन रहेको प्लाटिना बजाज कै सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल हो । यो मोटरसाइकलले प्रति लिटर ९६ किलोमिटर सम्म माइलेज दिने छ।

१२ लिटरको इन्धन ट्याङ्की रहेको यस मोटरसाइकलले फुल ट्यांकीले १ हजार किलोमिटर भन्दा बढीको यात्रा गर्न सिने कम्पनिको दावी रहेको छ । सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन रहेको यसमा ४ स्पीड गियरबक्स रहेको छ

यो पनि: अत्यन्तै सस्तो मूल्यमा बिशेष अफर सहित यामाहाको १५० सिसी इन्जिन युक्त एसजेड आरआर १५० आयो बजार

काठमाडौं। यामाहा मोटोकोर्पको १५० सिसि सेग्मेन्टमा सबै भन्दा सस्तो मोटरसाइकल एसजेड आरआर १५० सीसी नेपालमा पनि बिक्री हुदै आएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्ल्युले एसजेड आरआर १५० सीसी खरिद गर्नेलाई विभिन्न अफर पनि ल्याएको छ । हाल यसको बजार मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ रहेको छ।

कोरोना संक्रमण पछीको अवस्थालाई मध्यनजर गर्दै कम्पनिले विभिन्न फरक स्किम ल्याएको छ । अफर अनुसार एसजेड आरआर १५० शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने छ । यस स्कीममा ग्राहकले ३ बर्षको किस्तामा मोटरसाइकल किन्न सकिने छ । यस योजनामा ग्राहकले ८ हजार ४११ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । तर यसको लागि ग्राहक स्थानीय वासिन्दाअभाने हुनु पर्ने छ।

त्यस्तै १० प्रतिशत डाउन पेमेन्ट गरेर पनि मोटरसाइकल किन्न सकिनेछ । तर स्थानीय बासिन्दाले मात्र १० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नेछन् । यस स्किम अन्तर्गत पहिलो १२ किस्ता ८ हजार ८८० र बाँकी २४ किस्ता ६ हजार ७२८ रुपैयाँ का दरले ३६ महिनामा किस्ता तिर्नु पर्छ।

त्यसैगरी अर्को २५ प्रतिशत डाउन पेमेन्ट गरेर पनि यो मोटरसाइकल किन्न सकिने छ। तर यस स्किममा भने अस्थाई बासिन्दाले पनि सजेड आरआर १५० खरिद गर्न सक्ने छन । २५ प्रतिशत डाउन पेमेन्ट गर्नेले ७ हजार १९४ रुपैयाँ मासिक किस्ता ३० महिना तिर्नु पर्नेछ।

त्यस्तै शून्य प्रतिशत व्याजदरमा यो मोटरसाइकल किन्न चाहनेले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । बाँकी रकम ग्राहकले १ बर्ष भित्र बुझाउनु पर्ने हुन्छ । यसमा ग्रहकले ९ हजार ८२८ रुपैयाँका दरले १२ किस्ता बुझाउनु पर्छ।

एसजेड आरआर १५० को बिशेष्ता

यामाहा एसजेड आरआर १५० एयर कुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्भ १४९ सीसीको इन्जिन रहेको मोटरसाइकल हो । कार्बुरेटर इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.१ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्दछ।

यसमा किक र सेल्फ स्टार्ट दुवै रहेको छ । अगाडि हाइड्रोलिक डिस्क र पछाडि ड्रम ब्रेक दिइएको आरआर १५० मा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन रहेको यस मोटरसाइकलमा यात्रा आरामदायी नै हुन्छ।

१४ लिटरको फ्युल ट्यांक रहेको यस मोटरसाइकलले ५० किलोमिटर प्रति लिटर माइल्जे दिने कम्पनिले दावी गरेको छ। सिट हाइट ८०० एमएम रहेको यो मोटरसाइकलको कुल तौल भने १३४ किलोग्राम रहेको छ।