‘चंगा चैट’ युट्युबमा सार्वजनिक

काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘चंगा चैट’ युट्युबमासार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशन मा बनेको चलचित्र ‘चंगा चैट’ मंगलबार राति युट्युबमा सार्वजनिक भएको हो।

यस चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा प्रियंका, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ।