‘अर्को महिना देखि कोरोनाको खोप सर्वसाधारणका लागि उपलब्ध हुने’

एजेन्सी। रूसको सेचेनोभ विश्वविद्यालयले तयार पारेको कोरोना भाइरस सं’क्रमण विरुद्धको खोप एक महिनाभित्रै बिरामीहरुलाई उपलब्ध हुने सम्भावना बढेको छ।

सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीका उच्च अधिकारीहरुका अनुसार उक्त खोप अगष्ट १२ देखि १४ सम्ममा सर्वसाधारणको लागि उपलब्ध हुनेछ। साथै निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्ने बताइएको छ।

रुसी न्युज एन्जेन्सी तासलाई अन्तर्वार्ता दिनेक्रममा सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले आफू नै परीक्षणमा सहभागी भएको र क्लिनिकल परीक्षण पूरा भएको दावी गरेका छन्। उनका अनुसार कोरोना वि’रुद्ध तयार पारिएको खोपको क्लिनिकल अनुसन्धान सम्पन्न भएको छ। उक्त खोपले मानव शरीरमा अत्यन्त न्यून असर पार्ने अनुसन्धानले देखाएको उनको दावी छ। आफैं परीक्षणमा सहभागी भएका कारण खोपलाई लिएर उत्साहित भएको उनले बताए।

आइतबार मात्रै सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो।

“खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभले आइतबार भने भनेका थिए।