४ महिनादेखि एयरपोर्टमा फसे विदेशी, यसरी बिताउँदैछन् दैनिकी

एजेन्सी। कोरोना भाइरसका कारण मानिसहरुको दैनिकी नै बदलिएको छ । यसले सिंगो समाजलाई नै ठप्प बनाएको छ । भाइरसका कारण कतिपय देशहरुमा मानिसको लाशको थुप्रो लागेको छ । भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउनका कारण कतिपयको जागिर गएको छ । यात्रामा रहेका कतिपय यात्रुहरु गन्तब्यमा पुग्न नसकेर ठूलो कष्टमा छन् । यिनै मध्ये एक जनाका बारेमा यहाँ चर्चा गर्न गइरहेका छौं।

मनिला इन्टरनेशनल एयरपोर्टमा एक यात्रु विगत १ सय २० दिनदेखि थुनिएका छन् । आफ्नो देश फर्कने सबै उडानहरु बन्द भएपछि उनी त्यही थुनिएका हुन् । उनले आफू घर फर्किन मानिसहरुसँग मद्दत पनि मागेका छन् । ती यात्रुले आफू २० मार्चदेखि मनिला एयरपोर्टमा फँसेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

रोमन ट्रपिव नामका यी यात्रु मार्च २० मा बैंकक पुगेका थिए तर उनलाई आफ्नो देशमा प्रवेश निषेध गरियो किनकी फिलिपिन्सले सोही दिनबाट भिसा इन्ट्रीमा रोक लगायो । यसकारण दुर्भाग्यवश उनी त्यहि रोकिन बाध्य भए । न त उनलाई फिलिपिन्सभित्रै जान दिइएको छ न त उनको घर युरोपको इस्टोनिया नै फर्किन दिइएको छ । इस्टोनिया जाने सम्पूर्ण फ्लाइट्स् पनि रद्द भएका छन्।

उनले एयरपोर्टमा बिताएका दैनिकीका बारेमा पनि पोस्ट गरेका छन् । उनी एयरपोर्टमा कसरी सुतेका छन् र खानाका लागि त्याहाँका कर्मचारीहरुको भर पर्नु परेको भन्ने पनि खुलाएका छन् । ती व्यक्तिले आफ्नो स्टोरी सेयर गर्दे एयरपोर्टमा सन् १९८८ देखि २००६ सम्म फँसेका इरानी शरणार्थी मेहरान करिमीको बारेमा चर्चा गर्दै सामाजिक सञ्जालमा सेयर गरेका छन् । ती शरणार्थीमाथि एक फिल्म पनि बनेको थियो।

तस्वीर: