बच्चन बाबुछोरा पछि अनुपम खेरको परिवारका ४ जनामा कोरोना संक्रमण

एजेन्सी। भारतीय लोकप्रिय अभिनेता अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । अनुपमले सामाजिक संजालमा ट्वीटरमा ट्वीट गर्दै आफ्नाी आमा, भाइ, भाउजु र भतिजीमा कोरोना संक्रमण देखिएको बताउका छन्।

यद्यपी अनुपमलाई भने कोरोना नदेखिएको उनले भिडियोमा उल्लेख गरेका छन् । यसअघि गएराती मात्रै अमिताभ वच्चन र उनका छोरा अभिषेकमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै अभिनेत्री रेखाका बडिगार्डमा पनि संक्रमण पुष्टी भएसँगै उनको पनि घर सिल गरेर परिक्षण सुरु गरिएको छ।

बलिउड अभिनेता बच्चन बाबु छोरालाई कोरोना संक्रमण पुष्टि, दुवैजना अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूहरू दुवै जना अस्पताल भर्ना भएको पनि बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’

बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन्।