गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

आरपी सहयात्री

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’ सार्वजनिक भएको छ । नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा

छाँयाकन गरिएको उक्त गीतमा सबिन र नेहा बस्नेतको युगल जोडीलाई देख्न सकिन्छ। नवीन र नेहाले भिडियोमा गीतको भावलाई समेटेर उत्कृष्ट अभिनय गरेको बताएका छन्।

उपेन्द्र लिम्बुको शब्द रचना रहेको गीतमा छायांकन, सम्पादन तथा निर्देशन पासाङ शेर्पाले गरेका छन् । भिडियो अहिलेको युवा पुस्ताहरुको अवस्था र जीवनशैलीसँग सुहाउँदो भएकोले सबैले मन पराईदिनेमा गायक लिम्बू ढुक्क छन् । नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीत गाउन सफल गायक लिम्बुको नयाँ गितको सफलताको शुभकामना ।