भारतीय गु’प्तचर ‘रअ’का प्रतिनिधि काठमाडौंमा, वामदेव गौतम पछि ह’टे

काठमाडौं। सत्तारुढ नेकपाभित्रको वि’वाद कायमै छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न भारतको चलखेल भइरहेको बताएपछि मुलुकभर राजनीतिक तरंग सृजना गरेको थियो । यसपछि नेकपाको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन ओलीलाई दवाव दिए।

प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेपछि ओलीले पनि संघीय संसदकै चालु अधिवेशन अन्त्य गराए । सदनको अधिवेशन अन्त्य गराएपछि नेकपाको विवाद चरमो’त्कर्षमा पुगेको छ । नेताहरुको घर घरमा बैठक बसिरहेको छ।

तर, शनिबार अपरान्हदेखि उपाध्यक्ष वामदेव गौतम छलफल र बैठकमा देखिन छाडेका छन्। शनिबार काठमाडौंमा भारतीय गु’प्तच’र संस्था ‘रअ’का प्रतिनिधि आएको चर्चापछि गौतम छलफल र बैठकमा देखिन छाडेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारतको चलखेल बताइरहँदा रअका प्रतिनिधि काठमाडौं आएको चर्चापछि गौतम पछि ह’टेका हुन्।

महाकाली सन्धिताकादेखि भारत वि’रोध कि’त्तामा आफूलाई उभ्याउँदै आएका गौतम रअका प्रतिनिधि आएको थाहा पाएपछि अहिलेको राजनीतिक चलखे’लबाट पछि हटेको चर्चा नेकपाभित्र चल्न थालेको छ । प्रचण्ड, नेपाल र खनाल समूहमा रहेर ओलीमाथि दवा’व सृजना गरेका गौतम उनीहरुको समूहबाट अलग भएको खबरपछि ओली समूहका नेताहरु शनिबार राति गौतम निवास पुगेका थिए । गौतमलाई आफ्नो समूहमा ल्याउन ओली समूहका नेता गौतम निवास पुगेका हुन्।

शनिबारदेखि गुटको छलफलमा सहभागी नभएका गौतम आइतबार प्रचण्ड, नेपाल, खनाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदा सहभागी भएनन् । शनिबारदेखि उपाध्यक्ष गौतम पार्टीको विवादबाट टाढा बस्न थालेको नेकपा नेताहरु बताउँछन्।