२०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट सोमवारदेखि बजारमा

काठमाडौं। सोमवारदेखि बजारमा ५० रुपैयाँको नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा पठाउने भएको हो। २०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो।

भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ । नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोटहरू भने दशैंसम्ममा आउने सम्भावना रहेको राष्ट्र बैंकका मूद्रण विभागका निर्देशक रेवती प्रसाद नेपालले बताए।

५० दरका नोटको डिजाइन पहिलेको जस्तै छ । यसको अगाडिको भागमा सगरमाथाको चित्र छ भने लालीगुँरासको पानी छाप पनि रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.स. २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र छ।