ओली र प्रचण्ड वार कि पार बैठकमा, कुरा नमिले आजै पार्टी फुट्न सक्ने!

काठमाडौं। चरम बिवादमा परेको नेकपा नेतृत्व किचलो समाधान गर्न सफल भै रहेको छैन । कार्यकर्ताहरु माओवादी र एमाले भएर एक अर्का नेता पैति कटाक्ष गरिरहेका छन् । केपी ओली प्रधानमन्त्री र अभ्यक्ष दुबै छोड्न तयार छैनन्।

भारतीय मिडिया, भारतले केपी ओलीलाई गलाएको र भारतले यो सरकार ढा ल्न लागेको भन्दै प्रचार गरिरहेको छ । सल्य कुरो बाहिर नआउँदा बिभिन्न अडकल गरिएका छन्।

यसै मेसोमा, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच अहिले निर्णायक बैठक हुँदैछ । बैठकको एक मात्र एजेण्डा पार्टी फु’ट्न नदिने भएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार प्रचण्ड पुगेपछि बैठक सुरु भएको हो।

दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा राखिएको श्रोतले बतायो । बालुवाटार श्रोत भन्छ, ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्।

यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ।

आज सहमति ननिस्किए पार्टी एक रहने हो वा होइन भन्न नसकिने समेत बालुवाटार श्रोतले बतायो।