प्रधानमन्त्री र राष्ट्रपतिबीचको समझदारी लोकतन्त्रका लागि सुखद् छैन : पशुपति शमशेर जबरा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री र राष्ट्रपतिबीचको समझदारी लोकतन्त्रका लागि खतरापूर्ण रहेको बताएका छन्। शुक्रबार साँझ एक ट्विट गर्दै अध्यक्ष जबराले कार्यकारिणी र राष्ट्रपतिबीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निसन्देह सुःखद नहुने उल्लेख गरेका हुन्।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बाक्लिएको भेटघाट र संसद् अधिवेशन अन्त्य गर्ने कदमप्रति संकेत गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘कार्यकारिणी र राष्ट्रपतिबीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निसन्देह सुःखद छैन,’ उनले भनेका छन्, ‘दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनु पर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो दाबी सही ठहरेको छ।’

घटनाक्रमले निष्पक्ष संस्थाको महत्व, आवश्यक्ता र बहसको सान्दभिकता पुनः उजागर गरेको दाबी उनको छ।

‘दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनु पर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो मान्यता सही ठहरेको छ। घटनाक्रमले निष्पक्ष संस्थाको महत्व, आवश्यक्ता र बहसको सान्दभिकता पुनः उजागर भएको छ,’ उनले लेखेका छन्।