वैदेशिक रोजगारीमा राजनीति

काठमाडौं। सरकारले पुनः श्रम स्वीकृति दिन शुरू गरेको छ । कोरोना महामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरू चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरूलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो।

सरकारले नेपाली युवाहरूले विदेशमा जानुपर्ने, स्वदेशमै रोजगारी दिने नारा बारम्बार लगाउने गरेको छ । रोजगारी सृजनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत सञ्चालन गरिएको छ । तर, विप्रेषणको आय घटेपछि अर्थमन्त्रीले विदेश जान प्रोत्साहन गर्ने बताए । यसबाट सरकारले दोहोरो नीति लिएको देखिन्छ।

चल्तीको नाराका लागि युवालाई स्वदेशमै रोजगारी दिने कुरा गर्छ भने व्यवहारमा युवाहरूलाई विदेश लखेट्न उद्यत देखिन्छ। यस्तो दोहोरो चरित्र कहिलेसम्म ? राजनीतिक नारा र व्यवहारमा यो फरकले नेपालको गलत राजनीतिक परम्परालाई नै मलजल गरिरहेको देखिन्छ।