प्रधानमन्त्रीका लागि नेम्वाङ र रावलको चर्चा !

काठमाडौं। केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको छ। नेताहरु प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतम ओलीबिरुद्ध खरो रुपमा उत्रिएका छन्। उनीहरुले ओलीलाई स्थायी समिति बैठकमा पार्टी र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेका छन्।

नेकपाका बहुमत स्थायी समिति सदस्यहरु ओलीको बिपक्षमा छन्। चौतर्फी आलोचित बनेका ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने समेत अनुमान गरिएको छ। ओली राजीनामा आउने सम्भाबना देखिरहेका बेला भने भावी प्रधानमन्त्रीका लागि सामाजिक संजाल र नेकपाभित्रका प्रधानमन्त्रीका लागि खोजी तिब्र भइरहेको छ।

आफु हट्ने अबस्था आए ओलीले प्रधानमन्त्रीका लागि नेता सुवासचन्द्र नेम्वाङको नाम अघि सारेको एकाएक चर्चा सुरु भएपछि, प्रचण्ड–नेपाल खेमामा पनि नेताहरुको खोजी जारी राखिएको छ। यसैबीचका नेकपा नेता भीम रावलका बारेमा समेत प्रधानमन्त्रीका लागि चर्चा थालिएको स्रोतले बताएको छ।

ओलीको चालबाजी थाहा पाउन बितिकै नेता नेपालले प्रचण्ड समक्ष भीम रावल वा दोस्रो पुस्ताका बारेमा कुराकानी अघि बढाएको स्रोतको दाबी छ। पूर्वएमाले भित्रका नेम्वाङ र रावल समकालीन नेता मानिन्छन्।