युवाहरुले एकताबद्ध नेकपाको निम्ति पहल गरौँ !

  • आरती भण्डारी

प्रिय साथिहरु! तपाई-हामीले धमिलो पानीमा माछा मार्न छोडेर कसिलो एकताका पक्षमा आवाज उठाऔँ। बैठकको छलफल चलिरहन्छ, आलोचना आत्मालोचना त बैठक मा भैहाल्छन नि तर, लामो छलफल पछि सहि निर्णयमा पनि पुगिन्छ, यस्तो बैठक त कम्युनिस्ट पार्टीको जीवनमा हजारौं हजार पटक बसिन्छ, एउटा बैठकमा भएको छलफलको बिषयबस्तुलाइ लिएर निर्णय हुनुअगावै कोहि पनि आत्तिनुपर्ने र कसैलाइ खुशिले मात्तिनुपर्ने आवश्यकता म देख्दिन।

पार्टिको पहिलो पुस्ताका सबै नेताको सम्मान गरौँ,सबैले यो पार्टिमा ठूलो योगदान गर्नुभएको छ। कहिलेकाही नेतृत्ववाट पनि गल्ती हुन्छ, त्यसलाइ कार्यकर्ताले खबरदारी गर्ने हो खुईल्याउने होइन।

स्थायी कमिटिको बैठक सकिएपछि राष्ट्रिय सरोकारका बिषय सन्चार माध्यममा प्रबक्ताले राख्नु नै हुनेछ, पार्टीको आन्तरिक बिषयबस्तु सम्बन्धीत कमिटीमा सर्कुलर पक्कै होला। आफ्नो सम्पुर्ण जीवन देश र जनताप्रति समर्पित गर्नुभएका नेतृत्वले पक्कैपनि ब्यक्तिगत या टिमगत निर्णय गरेर हामिमाथी गद्वार गर्नुहुने छैन। त्यसैले प्रिय कमरेडहरु हामी तेस्रो पुस्ताका सचेत युवाहरुले एकताबद्ध नेकपाको निम्ति पहल गरौँ। पार्टिलाइ बिधिमा चलाउन दबाब दिउँ।