पत्रकारको क’र्तुत: १२ र १३ वर्षका नाबालिकालाई १४ महिनादेखि ब’ला’त्का’र, घटना सार्वजनिक गरे पुरै परिवार सक्ने ध’म्की (भिडियो)

काठमाडौं। एक जना युवक जसले परिवारको सदस्य जस्तै एउटै फ्ल्याटमा बस्थे । उनी युट्युवर र विश्वहिन्दु महासंघको महासचिव पनि हुन् । एउटा परिवारसंग एउटै सदस्यजस्तै भएर बसेका उनले सोही परिवारका दुई नाबालक छोरीलाई १४ महिना देखि यौ न शो ष ण गरेको रहस्य खुलेको छ।

लामो समय करिब १० महिना सम्म एउटा छोरी बिरामी भएपछि उनीहरुले बारम्बार अस्पताल लगे । पेट दुख्यो भनेर बालिका निकै आ त्ति न्थिन् अनि अभिभावकले अस्पताल लैजान्थे तर उनलाई उनलाई के भएको हो भन्ने चिकित्सकले पनि पत्ता लगाउन सकेनन् । शिक्षण अस्पताल, ग्राण्डि अस्पताल समेतमा लैजादा पनि रोग पत्ता लागेन।

तर उनलाई मानसिक रोग हुन सक्छ मेदान्त अस्पताल लैजानुस् भनेर ग्राण्डी अस्पतालका चिकित्सकले सुझाव दिएपछि उनीहरु त्यसको तयारीमा थिए । तर लकडाउनका कारण उनीहरुले छोरीलाई औ’ष’धि गर्न लैजान पाएनन्।

त्यहीबीचमा अर्की सानी छोरीलाई पनि यौ न शो ष ण गरेपछि सानी छोरीले आफ्नो दिदीलाई त्यो कुरा सुनाइन् । १२ र १३ वर्षका छोरीहरु माथि १४ महिना देखि यस्तो भइरहँदा पनि उनका अभिभावकले थाहा पाएनन् । सानी छोरीलाई पनि त्यस्तो गर्न थालेपछि सानी छोरीले दिदीलाई भने पछि घटना बाहिर आएको हो।

ति पुरुषले छोरीलाई यस्तो कुरा भने परिवारका सवै सदस्यलाई मा’रि’दिन्छु भनेर ध म्की दिएका कारण छोरीहरुले भन्न नसकेको उनीहरुले बताएका छन् । एउटै घरमा परिवारकै सदस्य जस्तो भएर बसका कारण उनीहरुले पनि विश्वास गरे । छोरीहरुलाई पनि आफ्नो छोरीझै ब्यवहार गरेको देखेपछि आमाबुवा ढुक्क भए । तर ति पुरुषले छोरीहरुलाई गलत नजरले हेरेको भन्नेवारे आमावुवाले थाहा नै पाएनन्।

अहिले उनीहरु छोरीहरुको न्यायका लागि काठमाडौं आएका छन् । पत्रकारितासंग आवद्ध भएका ति पुरुषलाई कारवाही गराउन माग गर्दै काठमाडौं आएका हुन् । साना बालिकाहरुले आफु माथि ति पुरुषले गरेको यौ न दुु’ब्र्य’वहारको बारेमा बताउँदा मन नै सि’रिंग हुने गरेको छ। महिनावारी समेत नभएका बालिकालाई त्यस्तो गर्दा पनि बालिकाहरुले आमालाई भन्ने हिम्मत गरेनन् । यस्तो नगर्नु अंकल काका पा प लाग्छ भन्दा म नारायणथान गएर पा प पखाल्छु केही हुँदैन भन्दै कोठामा एक्लै भएको बेलामा कोठामा आउने गरेको बालिकाहरुले बताएका छन्।

बुवा शिक्षक भएका कारण उनी दिनभरी विद्यालयमै हुन्थे, आमा तरकारी किन्न गएको बेलामा, खाना पकाउन भान्छामा भएको बेलामा ति पुरुष कोठामा पसेर त्यस्तो ब्यवहार गर्ने गरेको अभिभावकले बताएका छन् । अहिले पनि ति पुरुषले यो कुरा सार्वजनिक गरिस् भने तेरो परिवार नै स’किदिन्छु भन्दै अहिले पनि मोवाइलमा म्यासेज आइरहेको बताएका छन् । मेरो अन्तिम ल’डाई भनेको नै तिमीहरुलाई सक्ने हो भन्दै ध’म्की दिएको उनीहरुले बताएका छन्।