चितवनका चारसहित २९ जनामा कोरोना संक्रमण

चितवन। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

असार १४ गते आइतबार परीक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ । त्यस्तै परीक्षणमा ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जानकारी दिएको छ।

अद्यावधिक विवरण अनुसार अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, गोदावरी नगरपालिका कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड–१९ पुष्टी भएको हो।