जननेता मदन भण्डारीको सम्झनामा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वृक्षरोपण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा वृक्षरोपण गर्नुभएको छ।

आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गर्नु भएको हो।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले समी, तेजपातलगायत फलफूलका बोट रोपेकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।