जापानी कम्पनीले बनायो स्मार्ट मास्क, अब मास्कबाटै फोन र भाषा अनुवाद गर्न सकिने

एजेन्सी। जापानको एउटा कम्पनीले अनुहारमा लगाउने अत्याधुनिक मास्क तयार गरेको छ । उक्त अत्याधुनिक मास्कमा ब्लुटुथ समेत जडान गरिएको छ।

उक्त स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, फोनकल गर्न सकिने तथा जापानी भाषाबाट अन्य विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सकिन्छ।

डोनट रोबोटिक्सले तयार गरेको सो मास्कको नाम सि मास्क राखिएको छ । सेतो प्लास्टिकबाट बनेको उक्त मास्कमा ब्लुटुथ कनेक्सन रहेको छ । सो मास्कको सुरुवाती मूल्य ४० डलर तोकिएको छ।