आज देशका यी स्थानमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं। शनिबार देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज देशभरका सबै प्रदेशको मौसम बदली हुने जनाइएको छ।

आज दिउँसोपछि देशका धेरैजसो स्थानको मौसममा बदली भई मेघगर्जन र चट्याङसहित पानी परने सम्भावना रहेको छ। आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी तथा सुदूरपश्चिमका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।

आज राति पनि सबै प्रदेशका धेरै स्थानमा बदली भई मेघगर्जन र चट्याङसहित पानी पर्ने साथै प्रदेश १, २, बागती तथा गण्डकी र प्रदेश ५ केही स्थानमा ठुलो पानी पर्ने जनाइएको छ। आज काठमाडौै उपत्यकामा पनि बदली भई पानी पर्ने सम्भावना रहेको छ।

देशका बिभिन्न स्थानका मदीको वहाब बढ्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।