सुशान्तलाई श्रद्धाञ्जली दिएका लोकदोहोरी गायक दीपक परियार आफू पनि अस्ताए

काठमाडौं। आ’त्मह’त्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृ’त्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झु-ण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो।

तर उपचारका क्रममा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए । कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन्।

उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । दीपकको श-व पो-ष्टमार्ट-मका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घट’नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केहि दिन अघिमात्र उनले सुशान्तलाई श्रद्धाञ्जली दिदै आरआईपी सुशान्त भनेर लेखेका थिए।