दलित समुदायसँग अन्तरजातीय प्रेम विवाह गर्नेलाई ५० हजार, मागी विवाह गर्नेलाई एक लाख

भरतपुर। भरतपुर महानगरपालिकाले दलित समुदायसंग विवाह गर्नका लागि प्रोत्साहन गर्ने भएको छ । आज छैटौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरले महिला, दलित तथा लक्षित वर्ग उत्थान, सशक्तिकरण एवंम सामाजिक समावेशीकरण अन्तरगत दलितसंग विहे गर्न प्रोत्साहन गरेको हो।

महानगरले दलितसंग प्रेम विवाह गर्नेलाई ५० हजार र मागी विवाह गर्नेलाई एक लाख प्रोत्साहन रुवरुप पुरस्कार प्रदान गर्ने जनाएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले भनिन्–‘कानुनले पूर्णरुपमा निषेध गरेको छुवाछुत एवंम बालविवाह मुक्त महानगर बनाउनका लागि संघ र प्रदेश सरकारसंग सहकार्य गरिने छ, जातीय छुवाछु’तलाई निरुत्साहित गर्नका लागि दलितसंग प्रेम विवाह गर्नेलाई ५० हजार र दलितसंग मागी विवाह गर्नेलाई एक लाख प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने छ।

केही महिना अघि दलितसंग प्रेम गरेको आरोपमा रुकुम पश्चिममा ६ जना युवाले ज्या’न गुमाउनु परेको थियो। सरकारले जातीय छुवाछु’त नि’षेध गरे पनि व्यवहारमा लागू भएको छैन । छुवाछु’त अन्त्यको माग गर्दै नेपालमा पटकपटक आ’न्दोलन हुँदै आइरहेको छ । यही छुवाछु’त अन्त्यका लागि महानगरले यस्तो कार्यक्रम ल्याएको हो।

यस्त महानगरले पिछडा वर्ग, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, दलितलगायत विपन्न र पिछडिएका बस्तीहरुमा स्थलगत रुपमा नै व्यक्तिगत घटना दर्ता गर्न टोली खटाईने र प्रत्येक वडामा व्यक्तिगत घट’ना दर्ताका लागि घुम्ती शिविर संचालन गरिने जनाएको छ।