जनताको सेवा गर्नुपर्ने प्रहरी नै लु’टेरा

काठमाडौं। हामी समस्यामा पर्यौं भने सबैभन्दा पहिला सम्झने प्रहरीलाई नै हो । जताको सेवाका लागि सरकारी तलब खाएर बस्ने प्रहरीनै जनता लु’ट्न थाले भने के होला ? असार ७ गते दिउँसो ३ बजे न्यूरोडको एक क्यामेरा पसलमा त्यस्तै घटना भयो । हुन त यो घटना रहस्यमय भएको छ । घटनाका अन्य पाटा पनि खुल्दै गएका छन् । तर क्यामेरा पसलका ब्यवसायीवाट १० लाख रुपैया लु’टेर लैजाने दुई जना प्रहरी नै भएको प्रहरी अनुसन्धानवाटै पत्ता लाग्यो।

न्युरोडमा क्यामेरा पसल संचालन गर्ने विकास अग्रवालले १७ लाख रुपैया बैंकवाट झिकेर ल्याएका थिए । उनले पैसा झिकेर ल्याएको थाहा पाएका दुई जना दिउसो करिब ३ वजे उनको पसलमा पुगे अनि ध’म्क्या’एर १० लाख रुपैया लिएर गए । मोटरसाइकलमा आएका दुई जनाले आफ्नो १० लाख रुपैया लगेको भन्दै उनले प्रहरीमा उजुरी दिए।

उनले त्यो पैसा बुवाको शल्यकृया गर्न बैंकवाट निकालेको बताएका छन् । तर प्रहरी अनुसन्धानमा उनी पनि हुण्डि ब्यापारी पनि भएको प्रारम्भिक कुरा खुलेको छ । महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी पुगेपछि भएको अनुसन्धानका क्रममा त्यसरी पैसा लु’टेर लैजाने दुई प्रहरी कर्मचारी भएको खुलेको हो ।महानगरीय प्रहरी अ’प’राध महाशाखाका एसएसपी दीपक थापाले सिसिटिभी क्यामेरा लगायतका माध्यमवाट गरेको अनुसन्धानमा मोटरसाइकलको नम्बर पत्ता लाग्यो।

त्यो मोटरसाइकल कसको हो भनेर अनुसन्धान गर्दै जाँदा प्रहरी नै झसंग भयो । सिसी टिभी फुटेजमा देखिएको मोटरसाइकल प्रहरीकै कल्याण महाशाखाबाट किस्ताबन्दीमा लिएको पाइएपछि प्रहरी छक्क परेको हो । उक्त मोटरसाइकल २ नम्बर गणमा कार्यरत सिपाही विक्रम कुमार चन्दले किस्तामा निकालेको प्रहरी अनुसन्धानवाट देखियो । महाशाखाले बुधबार चन्द र उनकै बयानका आधारमा महानगरीय प्रहरी परिस काठमाडौंमा कार्यरत हवल्दार धिरेन बिष्टलाई पनि पक्राउ गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी गराएको छ।