अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण !

काठमाडौं। अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस सं’क्रमण भइसकेको अनुमान गरिएको छ। बिबिसीका अनुसार अमेरिकाका स्वास्थ्य अधिकारीहरुले कम्तिमा दुई करोड मानिसमा कोरोना संक्रमण भइसकेको अनुमान गरेका हुन्।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएको भन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ। सङ्क्रमित र अस्पताल भर्ना हुनेको सङ्ख्या बढेपछि टेक्सस राज्यले लकडाउन पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो अनुमान बाहिर आएको हो।

अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ। त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्या’न ग’इसकेको छ। केही दिनदेखि दक्षिणी र पश्चिमी राज्यमा सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक भएका छन्।

वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबरसम्ममा १ लाख ८० हजारको कोरोना संक्र’मणबाट मृ’त्यु हुने अनुमान गरेको छ। तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने विश्व विद्यालयको दाबी छ।