ठेलामा राखेर म:म बेच्ने व्यक्तिमा कोरोना देखिएपछि…

काठमाडौं। भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, एक म:म विक्रेताको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। ति विक्रेताले शहरको गोलाको मन्दिरमा ठेलामा राखेर म:म बेच्दै आएका थिए । तर उसको कोरोना रिपोर्ट पोजिटिभ आएपछि आम जनताका लागि समस्या खडा भएको छ।

जसका कारण मानिसहरूमा हलचल मचिएको छ । जिल्ला प्रशासनले मोमो विक्रेताको सम्पर्कमा आएकाहरुलाई आ-आफ्नो कोरोना परीक्षण गर्न अपिल गरेको छ।

ग्वालियर कलेक्टर कौशललेन्द्र विक्रम सिंहले मोमोका पारखीहरु जो उस्को सम्पर्कमा आएका थिए उनीहरुले जिल्ला अस्पतालमा गएर आफैले आफ्नै खर्चमा परीक्षण गराउनुपर्ने बताएका छन् । सयौं म:म पारखीहरु हरेक दिन ती मस्म बिक्रेताको सम्पर्कमा आउने गरेका थिए।