पतंजलीले बनायो कोरोना भाइरसको आयुर्वेदिक औ’षधि, बिरामी पुर्ण निको हुने दाबी

एजेन्सी। भारतीय चर्चित योग गुरू रामदेवले कोरोनाभाइरस निको पार्ने आयुर्वेदिक औष’धी बनाएको दावी गरेका छन्। उनले मंगलबार हरिद्वार एक कार्यक्रमका बीच कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औ’षधी सार्वजनिक गरेका छन् । जसले कोरोना भाइरसको विरुद्दमा काम गर्ने बताएका छन् । क्लिनिकल ट्रायलका क्रममा दुबै औ’षधीले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ।

‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औ’षधी तयार गरिएको रामदेवले दावी गरे । पतंजलीको यो आयुर्वेदिक औ’षधि तीनदेखि सात दिनसम्म खाए बिरा’मी पूर्ण निको हुने दावी उनीहरुको छ।

पतंजलीले २८० जना बिरामीमा यो औष’धि ट्रायल गर्दा सबै निको भएको थियो । विश्व कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा रहेको बेला पतंजलीले यसको औषधि तयार पारेकोमा गर्भ भइरहेको रामदेवले बताए । तर भारत सरकारले रामदेवको औषधीलाई औपचारिक रूपमा मान्यता दिने निर्णय गरिसकेको छैन।

रामदेवको पतंजली आयुर्वेदिक औ’षधि लगायत विभिन्न खाद्य पदार्थ पुरा भारतभर बिक्रि हुने गर्दछ।