कसुर ठहर भए सरिता गिरिलाई जन्मकै’द सजा’य !

काठमाडौं। नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी सांसद सरिता गिरीवि’रुद्ध राज्यवि’रुद्धको कसुरमा का’रबाही माग गर्दै प्रहरीमा उजुरी परेको छ।

अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीवि’रुद्ध काठमाडौं महानगरीय प्रहरी परिसरमा जाहेरी दिएका हुन्। शुक्रबार अपराह्न ५ बजे सांसद गिरीवि’रुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। अदालतले अनुमति दिएपछि प्रहरीले उनलाई प’क्राउ गर्नेछ।

भारतले अतिक्र’मण गरेकाे नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बनाइएकाे नेपालकाे नयाँ नक्सा निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

उनकाे पार्टी जनता समाजवादी पार्टीले त्याे फिर्ता लिन निर्देशन दिँदासमेत उनले लिइनन्। जसका कारण अहिले उनकाे व्यापक विराेध भइरहेकाे छ।

सांसद गिरीले राष्ट्रिय एकतामा खल’ल पार्ने काम गरेको उजुरीमा उल्लेख छ। क’सुर ठहर भए मुलुकी अप’राध संहिता-२०७४, ४९ काे दफा ५ उपदफा १ वा २ बमोजिम जन्मकै’द सजा’य हुनेछ।