यस्तो छ जून २१ देखि २४ सम्मको हिमालय एयरलाइन्सको उडान तालिका

काठमाडौं। हिमालय एयरलाइन्सले जून २१ देखि २४ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले आज तालिका सार्वजनिक गरेको हो।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुने भएको हो । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ।

आज सार्वजनिक उडान तालिका यस्तो छ

जून २१ का दिन हिमालय एयरलाइन्सको जहाजले मलेशियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामाबादबाट नेपालीहरु लिएर उडान भर्ने छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले तालिकामा तोकिएका एयरलाइनका कर्मचारीलाई सम्पर्क गर्न सक्नेछन।

त्यसैगरी, जून २२ गते माल्दिभ्सको माले, कतारको दोहा र यूएईको आबुधावीबाट यात्रु ल्याउने एयरलाइन्सले जनाएको छ । उक्त देशमा रहेका नेपाली जो नेपाल फर्कन चाहन्छन् उनीहरुले तालिकामा उल्लेखित नाम र फोन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

एयरलाइन्सले जून २३ का दिन साउदी अरेबियाको दमाम र कुवेतबाट नेपालीहरु ल्याउने छ । जून २४ का दिन आबुधावी र कतारको दोहाबाट नेपालीहरु ल्याइने एयरलाइन्सले जनाएको छ । यसरी आउन चाहने नेपालीले कम्पनीले तोकेबमोजिमको भाडादर स्वयंले नै बेहोर्नुपर्ने छ।

कुन दिन कहाँ उडान हुँदैछ, यस्तो छ हिमालय एयरलाइन्सको उडान तालिका: