कतारबाट ४३ नेपालीसंगै २० जनाको शव नेपाल आउँदै

काठमाडौ । कतारबाट ४३ जना नेपाली सहित २० जना नेपालीको शव शुक्रवार नेपाल आउने भएको छ । कतार एयरलाइन्सको उडानबाट नेपालीहरु आफ्नो देश फर्किन लागेका हुन्।

वैदेशिक रोजगारीका क्रममा ज्या’न गु’माएका २० जना नेपालीको शव सहित ४३ जना नेपालीहरुलाई कतार सरकारले नेपाल पठाउन लागेको हो । कोरोनाको कहर बढ्दै गर्दा र यसको प्रभावले धेरै नेपालीहरुको अवस्था नाजुक बन्दै गएको देखेर कतार सरकारले नेपाल पठाउन लागेको हो।

कतार एयरलाइन्समा कपिलवस्तु, सर्लाही, सिराहा, लमजुङ, बाँके, सप्तरी, मोरङ, भोजपुर, सुर्खेत, बर्दियाबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव नेपाल आउन लागेको छ।

त्यस्तै शुक्रवार नै साउदी अरब, युएई र कुवेतबाट समेत चार वटा शव नेपाल आउंदैछन् । जजिरा एयरलाइन्सले कुवेतबाट, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट शव नेपाल ल्याउदै छन्।