सुशान्त सिंह राजपूतका कारण निशानामा परेका करणले किन गरे यस्तो ?

एजेन्सी। बलिउड नायक सुशान्त सिंह राजपूतको आ’त्मह’त्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आ’त्मह’त्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रि’स पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड पनि भयो तर अब करण जोहरले पनि त्यस्तै कदम उठाएका छन्।

करण जोहरले सुशान्त सिंह राजपूतको आ’त्मह’त्यापछि सोसल मिडियामा मानिसहरुको अत्यधिक रि’सको सामना गरिरहेका छन् । यतिमात्रै होइन, उनीवि’रुद्ध बिहारको एक अदालतमा मुद्दासमेत दर्ता गरिएको छ । तर अब करण जोहरले पनि यी रिसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले माइक्रोब्लगिङ साइटमा थुप्रै अकाउन्ट अनफलो गरिदिएका छन्।

कुनै बेला अतयधिक थुप्रैलाई फलो गरेका करण जोहरले अब ८ वटा अकाउन्टलाई मात्रै फलो गरेका छन् । उनले फलो गरेकामध्ये चार सेलिब्रिटी छन् । उनले छोरी भन्ने गरेका आलिया भट्टलाई पनि अनफलो गरेका छन् । साथै वरुण धवन र सिद्धार्थ मल्होत्रालाई पनि फलो गरिरहेका छैनन् । यसका साथै करणले आफ्नो निकै मिल्ने साथी काजोल र अन्य थुप्रै सेलिब्रिटीलाई पनि अनफलो गरेका छन्।

अन्य आठ अकाउन्टमध्ये चार उनको प्रोडक्सन हाउस धर्माको हो र अन्य चारमा शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन र प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन्।