‘पैसा नहुनेका लागि त काठमाडौं ‘नाइटमेयर’ हो, न त पानी पर्दा ओत लाग्ने ठाउँ छ, न त टन्टलापुर घाममा छहारी दिने एउटा रूख

काठमाडौं। मिस नेपाल २०१८ श्रृंखला खतिवडा काठमाडौं उपत्यकाको विकास ट्रेण्डसँग खुसी छैनन्। अग्ला भवन र फराकिलो सडकलाई विकासको मानक बनाइएको उनलाई चित्त बुझेको छैन। रिङरोड चौडा बनाउने नाममा रूख काटिँदा सडक नै नांगो भएको महशुस उनलाई भएको छ। चक्रपथमा दुईतर्फ छहारी दिएर बसेका अग्ला रूखहरू काटिएपछि चक्रपथमा गुडिरहँदा उनलाई नरमाइलो लाग्छ।

काठमाडौंका भित्री भागमा कतै पनि खाली ठाउँ देख्यो कि संरचना बनाएर भाडामा लगाउने प्रवृत्ति देखेर उनी दिक्क छिन्। ‘हामीले विकास भनेको अग्ला भवन र चौडा सडकलाई ठान्यौं’, श्रृंखलाले भनिन्, ‘जति पनि काठमाडौंका भित्री भागका जमिन थिए, त्यहाँ सबैको आँखा जाँदो रहेछ। लिजमा लिएर ठूलो भवन बनाउने र आम्दानी गर्ने सोच धेरै देखियो।’

गत वर्ष झण्डै डेढ महिना युरोप घुमेपछि भने श्रृंखलालाई उपत्यका विकासको दृष्टिकोण बदल्नै पर्ने देखिन्। ‘युरोपमा जता हेरे पनि पार्क, कुना कुनासम्म हरियाली र व्यवस्थित संरचना देखें’, श्रृंखलाले भनिन्, ‘त्यसले जीवनको गुणस्तर बढेको थियो।’

पुरा पढ्नुहोस…