आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्म बन्द

काठमाडौं । व्यवसायिक आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गते (५ जुलाई)सम्मका लागि बन्द भएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आइतबार उक्त निर्णय गर्दै सो दिनसम्म उडान स्थगित गरेको जनाएको हो।

यसअघि जेठ ३२ गतेसम्म हवाइ उडान प्रतिबन्धित थियो । तर, स्वदेश फिर्ता हुन, उद्दार गर्न, स्वास्थ्य सामग्रीको ल्याउन तथा सुरक्षाका उडानहरु भने विशेष अनुमति लिएर सञ्चालन हुनसक्ने क्यानले जनाएको छ।