संसदबाट बाहिरिएलगत्तै सरिता गिरीको चे’तावनी: नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो (भिडियो)

भारतीय चेली सरिता गिरी संसदबाट ‘फरार’ भइन्, भारतको सबै डिजाइन फेल

काठमाडौं । नयाँ संविधान संविधान संशोध खारेजीको माग गरेर संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव खारेज भएको छ।

शनिबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ११२ मा उल्लेख भएका संशोधन सम्बन्धी सर्त पूरा नभएकोले तपाइको संशोधन सूचनालाई अस्वीकृत गरिएको छ भनेका थिए।

त्यसपछि रिसाएकी भारतीय चेली एवम् सांसद गिरी संसद बैठकबाट बाहिरिएकी थिइन् । गिरीले नेपालको नयाँ नक्साको संविधान संशोधन खारेजी माग गरेर संशोधन दर्ता गराएकी थिइन्।

सांसद गिरीले आफ्नो वि’रोधलाई संसदमा रेकर्ड गराएर भारतको योजनालाई विधिवत रुपमा दर्ता गराउन खोजेकी थिइन् । संसदले गिरी र भारतीय सबै डिजाइनलाई असफल बनाइदिएको छ।

भारतीय डिजाइनअनुसार हर्कत गर्दै आएकी सांसद गिरीले बोल्न नपाएपछि र आफ्नै संशोधन खारेज भएपछि रिसाएर बैठकबाट बाहिरिएकी थिइन्।

सांसद गिरी संसद बैठक शुरु हुनेवित्तिकै आफ्नो सिटमा उभिएर बोल्न समय मागेकी थिइन् । सभामुख सापकोटाले गिरीलाई बोल्न समय पनि दिएका थिए।

तर, सांसदहरूले उभिएर होहल्ला गरेर गिरीलाई बोल्न समय दिन नहुने माग गरेका थिए । त्यसपछि सभामुख सापकोटाले रुलिङ गर्दै गिरीको संशोधन प्रस्ताव नियमावली विपरित आएको भन्दै अस्वीकृत भएको जानकारी गराएका थिए।