जुलुश र प्रदर्शन नगर्न गृहमन्त्रालयले दियो यस्तो चे’तावनी

काठमाडौं। गृह मन्त्रालयले हालसम्मपनि लक-डाउन कायमै रहेकाले विभिन्न बहानामा र माग राखेर गर्ने गरिएको जुलुश प्रदर्शन गर्नेहरूलाई कारवाही गर्ने चे’तावनी दिएको छ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले लक-डाउनको आदेशको अवहेलना गर्ने या काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने चे’तावनी दिएको हो।

‘सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि उक्त ऐनले दिएको अधिकार प्रयोग गरी का’रवाही गर्न बाध्य हुनुपर्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् विज्ञप्ति: