उपभोक्ता ठगेको आरोपमा रेष्टुरेण्टका मालिकलाई ७२३ वर्ष जे’ल !

एजेन्सी। थाइल्याण्डका दुई रेष्टुरेण्ट मालिकलाई समुद्री खानाको गलत प्रचार गर्दै उपभोक्तालाई ठ’गेको भन्दै ७२३ वर्ष जे’ल सजा’य सुनाइएको छ।

अपिचर्ट बोवोर्नबन्चरक र प्रापसर्न बाओर्नबानले आफ्नो रेष्टुरेण्टमा अत्यन्त न्युनतम मुल्यमा बिक्री गर्नुपर्ने सि फूडलाई उनीहरुले महंगोमा बिक्री गरेका थिए । सोही अनुरुप उनीहरुले विज्ञापन गरेका थिए।

सयौँ उपभोक्ताको अत्याधिक गुनासोपछि उनीहरुवि’रुद्ध मु’द्दा दायर भएको थियो । ‘यस्तो उच्च गुणस्तरीय चिज विज्ञापन गरिए जस्तो बिक्री गर्नु सम्भव नै थिएन,’ उनीहरुले अदालतमा वयान दिएका थिए।

साथै विज्ञापनमा भनिए जस्तो शर्त पालना गर्ने कुनै अवस्था नभएको पनि उनीहरुले बताएका थिए । अपिचर्ट र प्रापसर्न गत सेप्टेम्बरमा नै प’क्राउ परेका थिए । हालसम्म पनि उनीहरु रिहा भएका छैनन्।

उनीहरुको मु’द्दामा फैसला हुने क्रममा अदालतले यति लामो जेल स’जाय तोकेको हो। अदालतले खास अवस्थामा लामो समय जे’ल स’जाय तोक्ने गर्छ। तर कानुनी रुपमा २० वर्ष भन्दा लामो समय सजाय भुक्तान गर्नु पर्दैन। उनीहरुले आत्मालोचना गरेपछि १४४६ वर्षबाट छोट्याइएको हो। साथै उनीहरुलाई १८ लाख ७ हजार ५ सय भाट जरिवाना पनि तोकिएको छ।