गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि

काठमाडौं। गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पर्वत, स्याङजा, तनहुँ र पूर्वीनवलपरासी गरी थप ३७ जनाका कोरोना पुष्टि भएको हो।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । थप कोरोना संक्रमित पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १ र पूर्वीनवलपरासीमा १ जना पुरुष रहेको जनाइएको छ।