नेपालमा एकैदिन थप २५० जनामा कोरोना संक्रमण पुष्टि, ८६१ डिस्चार्ज

काठमाडौँ। नेपालमा थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ४६१४ पुगेको छ।

त्यस्तै आजै थप १८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ८६१ पुगेको छ।

यस्तै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृ’त्यु हुनेको संख्या १५ पुगेको छ।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।