नेपाली कांग्रेस र सत्तारुढ नेकपा भन्ने पार्टी “डेट स्पायर ब्राण्ड”- अध्यक्ष बावुराम भट्टराई

काठमाडौ। केहि समय अघि पोखरामा पुगेर नेपाली काग्रेसको काम सकिएको भन्दै म्युजियमा राख्नु पर्छ भन्ने अभिव्यक्ति दिएर चर्को आलोचना खेपेका समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष बावुराम भट्टराईले नेपाली काग्रेस र सत्तारुढ नेकपा भन्ने पार्टी भन्ने ब्राण्डको डेट स्पायर भएको बताएका छन् । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको ठोकुवा गरे ।

भट्टाराईले केपी ओली नेतृत्वको दुई तिहाई मत प्राप्त सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीले मुलुकका लागि अब केही गर्न नसक्ने टिप्पणी गर्दै ती पार्टीहरुले विश्राम लिनुपर्ने बताए।

शुक्रबार भैरहवामा सामाजवादी पार्टीले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीरण कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व पार्टीद्धारा आयोजित पत्रकार भेटघाटमा उनले आफ्नो पार्टी सरकारमा रहे पनि सरकारको खुलेरै विरोध गरे।

मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार भए पनि जनतालाई केही दिन सकेन, उनले भने, यसैकारणले हाम्रो पार्टी संघियता, सुशासन, सम्बृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिको रुपमा आएको हो।

उनले वर्तमान सरकारबाट मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै दुई तिहाई सरकारले ल्याएक‍ा दुवै बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको जिकिर गरे।

उनले एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकोले सरकारले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम हुन नसकेको दाबी गरे। उनले बुढीगण्डकी, बाइडबडी, ललिता निवास जग्गा जस्ता काण्डले पनि त्यसको पुष्टि गरेको दाबी गरे।‍ जनताले न्यायको अनुभूति गर्न नसकेको उनको भनाइ छ। निर्मला पन्त प्रकरण लगायतका उदाहरण दिँदै नेता भट्टाराईले सरकारले मुलुकमा शान्तिसुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाए।

उनले प्रशासनिक पुनर्संरचना नहुँदासम्म जनताले संघीयताको प्रत्याभूति गर्न नसकेको बताउँदै संघीयता कमजोर बनाउन सरकारले संविधानविपरीत प्रदेश र स्थानीय सरकारको अधिकार समेत खोसेर केन्द्रिकरण गरेको आरोप लगाए।

उनले संविधान संशोधनका लागि पार्टी सरकारमा रहेको स्पष्ट पार्दै संविधान संशोधन नभए सरकारबाट बाहिरिएर सडक र सदनबाट संर्घष गर्ने जनाउ दिए। कहिलेसम्म सरकारमा रहने भन्ने बारेमा भने उनले खुलाउन चाहेनन्।