मनिषा र सरिता, यताकी छोरीले यतैको गाइन, उताको छोरीले उतैको

काठमाडौं। कलाकार दीपकराज गिरीले कालापानीबारे दिएको अभिव्यक्तिले वि’वादमा तानिएकी जनता समाजवादी पार्टीका सांसद सरिता गिरीलाई व्यंग्य गरेका छन्। सरिता गिरीलाई नदीको संज्ञा दिँदै दीपकले उल्टो बगेको नदीबाट सुल्टो आश गर्न आह्वान गरेका छन्।

यस्तो छ उनको स्ट्याटस

सरिताको शाब्दिक अर्थ नदी हो!!
सबै नदीहरू नेपाल हूंदै भारत तिर बग्ने गर्दछ
तर हामि कॉहा एउटा यस्तो नदी छ जो भारत हूंदै नेपाल तिर उल्टो बगेर आएको छ
जो आफै उल्टो बगेको छ उसबाट सुल्टो किन आश गर्ने …..मनिषा र सरिता…….यताकी छोरीले यतैको गाइन, उताको छोरीले उतैको !!!