नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको भने १५ जनाको मृ’त्यु भएको छ।