लकडाउनमा तापसीको कमाइ सर्वाधिक

काठमाडौं। लकडाउनको फुर्सदको बेला बलिउडमा कसको कमाइ कति भनेर लेखाजोखा हुन थालेको छ।

नायिका तापसी पन्नुको क्रेज बलिउडमा चुलिँदो छ। नायिका तापसीका पछिल्लो एक वर्षमा पाँचवटा फिल्म रिलिज भएका छन्। यी पाँच फिल्मको हेर्ने हो भने उनी सर्वाधिक कमाइ गर्ने बलिउड नायिका बनेकी छन्।

तापसीले अभिनय गरेका पछिल्ला पाँच फिल्ममा ‘बदला, गेम ओभर, मिसन मंगल, साँड कि आँख र थप्पड’ छन्। ‘गेम ओभर’ बाहेक तापसीका सबै फिल्म समीक्षकले पनि रुचाएका थिए।

तापसीले यो कुराको जानकारी पाएसँगै लेखेकी छिन्, ‘ओहो, राम्रो। मलाई यो कुराको महसुस नै भएको थिएन। मलाई लाग्छ कि क्वारेन्टाइनको यो समय रोकेर पछाडि हेर्दै आफ्नो यात्रा सम्झिएर खुसीयाली मनाउन आवश्यक छ।’

तापसी फरक पात्रको रूपमा आफूलाई प्रस्तुत गर्न अग्रसर छिन्। तापसीको स्पष्ट बोल्ने शैली र फरक कथामा रुचिका कारण पनि उनी चर्चित छिन्। अन्नपूर्ण पोस्टमा खबर छ।