छुट्टीमा रहेका कामदार अगष्ट १ देखि कतार फर्कन पाउने

काठमाडौं। कतारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगाउँदै आएको प्रतिबन्ध क्रमिक रुपमा चार चरणमा हटाउने भएको छ । चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि बिशेष सावधानी अपनाउँ दै सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने विपत व्यावस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फद जानकारी दिएकी छिन्।

पहिलो चरणमा जुन १५ देखि केही मस्जिद, सपिङ्ग सेन्टर, पार्कहरु,निजी स्वास्थ्य संस्थाहरु खोलिनेछ । दोश्रो चरणमा जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिनेछ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जानेछन् । कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छन्।

तेश्रो चरण, अगष्ट १ देखि बिमानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने भएको छ । यससँगै कोराना भाइरस संक्रामण कम भएका देशहरुबाट छुट्टीमा रहेका कामदारहरु कतार फर्किन पाउने छन् । तर फर्केकाहरु १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्नेछ।